नव नियुक्त मुख्यमन्त्री शर्मालाई नेपाल पत्रकार महासंघ कर्णालीको बधाई

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

सुर्खेत । कर्णाली प्रदेशका नव नियुक्त मुख्यमन्त्री राजकुमार शर्मालाई नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको पदाधिकारी टोलीले भेटेर बधाई तथा कार्य सफलताको शुभकामना दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयमा शुक्रबार महासंघको पदाधिकारी टोलीले मुख्यमन्त्री शर्मालाई भेटेर बधाई दिनुका साथै कार्यसफलताको शुभकामना दिँदै कर्णालीमा सञ्चार क्षेत्रको विकास र प्रर्वद्धनका लागि पहल गर्न आग्रह गरेको छ ।

महासंघका कर्णाली प्रदेश अध्यक्ष देविराम देवकोटा कर्णालीमा सञ्चार क्षेत्रको विकासका लागि नव गठित सरकारले सहयोग गर्ने आशा ब्यक्त गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको सवाल, सञ्चार सम्बन्धी कानुन निर्माण लगायतका विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

मुख्यमन्त्री शर्माले बिगतमा विभिन्न मिडियामा रहेर आफुले पत्रकारिता गरेको स्मरण गर्दै कर्णालीमा सञ्चार क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले सञ्चार सम्बन्धी कानुन बनाउँदा पत्रकार महासंघ लगायतका सञ्चार माध्यमको सुझाव र सल्लाह बमोजिम नै बनाइने बचन व्यक्त गर्नुभयो ।

कर्णालीको समग्र विकासमा सकारात्मक गतिविधिको प्रभावकारी प्रचार प्रसारमा हातेमालो गर्दै गलत क्रियाकलापको खबरदारी गर्नु पत्रकारिताको इथिक्स भित्रको कुरा भएको मुख्यमन्त्री शर्माको भनाइ छ ।

भेटमा महासंघका उपाध्यक्ष बिमला खड्का, महासचिव खगेन्द्र भट्टराई, सचिव दिपक बुढा र अशोक राजी, कोषाध्यक्ष गणेशकन्चन भारती लगायतका पत्रकारहरुले कर्णाली प्रदेशमा सञ्चार क्षेत्रका समस्याबारे मुख्यमन्त्रीलाई अवगत गराउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?