स्वास्थ्यका लागि मकैका फाइदै फाइदा

A A- A+

काठमाडौं । मकै हाम्रो देशको प्रमुख खेती हो । पहाड र तराईमा यसको खेती गर्ने गरिन्छ । मकैका विभिन्न परिकार बनाएर खाने गरिन्छ । मकै हाम्रो शरीरका लागि अत्यन्त लाभकारी खानेकुरा मानिन्छ । यसले शरीरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्छ । मकै खाँदा रोगको निराकरणका लागि पनि निकै फाइदा हुन्छ । मकैमा शरीरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । मकै यस्तो खाद्य पदार्थ हो जसले मानिसको स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ ।

मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबरजस्ता थुप्रै पोषक तत्व पाइन्छ । यसले कोलेस्ट्रोललाई कम गरेर धमनीहरू ब्लक हुनबाट रोक्छ । यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायता गर्दछ ।

मकैमा शरीरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । मकै यस्तो खाद्य पदार्थ हो जसले मानिसको स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ ।

त्यस्तै, मकैमा पाइने एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्वका कारण क्यान्सरजस्ता खतरनाक रोगको खतरा पनि कम हुन्छ । यसका साथै यसले फ्रि रेडिकल्सबाट हुने नोक्सानीबाट बचाउँछ । मकैमा पाइने फेरुलिक एसिड, स्तन र कलेजोको ट्युमरको आकारलाई पनि कम गर्नमा सहयोग गर्दछ । हड्डीलाई बलियो बनाउनका लागि तपाईं दूध र भिटामिन ‘डी’ को सेवन गर्नुहुन्छ । तर, तपाईंलाई थाहा नहोला, मकैमा पाइने जिंक, फोस्फरस, म्याग्नेसियम र आइरनले हड्डीलाई बलियो बनाउनमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ । यसका साथै यसले बाथ रोगको सम्भावना पनि कम गर्दछ ।

छालालाई चम्किलो बनाउनका लागि तपाईं के मात्र गर्नुहुन्न तर मकैको सेवन गर्दा छाला सुन्दर, मुलायम र चम्किलो हुन्छ । वास्तवमा मकैमा भिटामिन ‘ए’ र ‘सी’ राम्रो मात्रामा पाइन्छ । यसका साथै एन्टी-अक्सिडेन्टबाट बचाएर अनुहारमा चाउरी पनि आउन दिँदैन ।
त्यस्तै, मकैमा बिटा-क्यारोटिन, भिटामिन ‘ए’ हुन्छ जुन आँखाका लागि निकै फाइदाजनक छ । यसले आँखाको समस्यालाई कम गरेर ज्योति बढाउँछ । यसका साथै बढ्दो उमेरसँगै हुने रतन्धोलगायतका सम्भावना कम गर्दछ ।

यदि तपाईंलाई अल्छी लाग्छ र शरीरमा ऊर्जा छैन जस्तो अनुभव हुन्छ भने मकैको सेवन गर्नुहोस् । मकैमा कार्बोहाइड्रेट हुन्छ जसले शरीरलाई ऊर्जावान् राख्छ । यो खाँदा पेट चाँडै नै भरिन्छ र तपाईंलाई धेरै बेरसम्म ऊर्जावान् राख्दछ ।

मकैमात्र होइन यसको जुँगा पनि स्वास्थ्यका लागि त्यत्तिकै लाभदायक हुने बताइन्छ । मकैको जुँगामा पनि धेरै पोषक तत्व समावेश हुन्छ, जुन धेरै रोगका लागि लाभदायक हुन्छ । मकैको जुँगाको ड्रिंक्स बनाएर खाने हो भने यसले मिर्गौलालाई स्वस्थ राख्नुका साथै यसले थुप्रै रोगहरूबाट बचाउन मद्दत गर्ने बताइन्छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?