क्रसर उद्योग बन्द नगर्न ध्यानाकर्षण

Read Time = 3 mins

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरी नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खनन्मा देखिएको समस्याले निर्माण उद्योगमा समस्या आएको भन्दै ध्यानाकर्षण गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण उद्योगका लागि अति आवश्यक कच्चा पदार्थ गिट्टी, बालुवा, ढुंगा, माटोलगायतका निर्माण सामग्री उत्खनन्, ओसारपसारलगायतमा समस्या भएसँगै निर्माण कार्य ठप्प भएको बताउनुभयो ।

गृह मन्त्रालयको निर्देशनपछि मुलुकभरका आधाभन्दा बढी क्रसर उद्योग बन्द भइसकेको भन्दै उहाँले त्यसको प्रत्यक्ष मारमा निर्माण उद्योग परेको गुनासो गर्नुभयो । एक वर्षको समय दिएर क्रसर उद्योगलाई वैध गराउन सकिने सिंहको सुझाव थियो ।

निर्माण उद्योगलाई चलायमान बनाउन मोबिलाइजेशनबापतको २० प्रतिशत रकम उपलब्ध गराउन र म्याद थपमै समयसापेक्ष हुने गरी माइलस्टोनको व्यवस्था गर्न अध्यक्ष सिंहले आग्रह गर्नुभयो । जवाफमा मन्त्री श्रेष्ठले क्रसर उद्योगमा देखिएको समस्यामा समाधानका लागि छलफल भइरहेको भन्दै चाँडै निकास खोजिने स्पष्ट पार्नुभयो । सरकारले क्रसर सञ्चालनका लागि नयाँ मापदण्ड बनाउने जानकारी ँिदँदै उहाँले गुणस्तरीय निर्माण सामग्री उत्पादन भएमात्र गुणस्तरीय निर्माण हुने बताउनुभयो ।

प्रतिनिधिमण्डलमा एसोसिएट उपाध्यक्ष रामजी पन्त ‘मुकेश’, महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, उपमहासचिव (आन्तरिक) नरहरि थपलिया, कार्यसमिति सदस्य पञ्चराम तामाङ (पदम), निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष छत्र तामाङलगायतको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?