युवा उद्यमी अग्रवाललाई अन्तर्राष्ट्रिय अवार्ड

Read Time = 1 min

काठमाडौं । नेपालमा मोबाइल र कन्ज्युमर ड्युरेबल उद्योगमा अग्रगामी युवा व्यवसायी तथा उद्यमी सञ्जय अग्रवाल हालै सिइओ इनसाइट एसियाद्वारा ‘दक्षिण एसियाका उत्कृष्ट १० बिजनेस लिडर्स-२०२२’ बाट सम्मानित हुनुभएको छ ।

उक्त अवार्डले दक्षिण एसियाली राष्ट्रमा कर्पोरेट क्षेत्रलाई भविष्यमा बहुआयामिक दिशातर्फ डोर्‍याउने उत्कृष्ट व्यवसायी र विचारशील लिडर्सलाई सम्मान गर्दै आएको छ ।

अग्रवालले कलर्स, स्पाइस, एचटिसी, ब्ल्याकबेरी, जिओनी र शाओमीलगायत नेपालमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मोबाइल कम्पनीको निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । हाल उहाँ रमेश कर्पोरेशनका कार्यकारी निर्देशकका साथै मोबाइल फोन आयातकर्ता संघको उपाध्यक्ष हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?