नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर ल्याएको ८ सय ४१ क्वीन्टल चिनी बरामद गरेको छ ।
शुक्रबार राति रामग्राम नगपालिका-८ लोसहडा स्थित धर्मेन्द्र यादवको कुखुरा फर्ममा लुकाएर राखेको अवस्थामा राजस्व अनुसन्धान कार्यायलले सशस्त्र प्रहरी र जनपथ प्रहरीको सहयोगमा छापा मार्दा ६३ लाख बराबर मूल्य पर्ने ८ सय ४१ क्विन्टल चिनी बरामद भएको पश्चिम नवलपरासी प्रहरीका सूचना अधिकारी भोजराज पाण्डेले बताउनु भयो ।
बरामद भएको चिनी के कसरी जिल्लासम्म भित्रियो भन्ने विषयमा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । यसअघि पनि जिल्लाका विभिन्न नाकाबाट भन्सार छलेर भारतबाट चिनी भित्राउने गरेको जनगुनासो बढेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका