चिसो बढ्यो हिमपात भएन

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 5 mins

हुम्ला । हिमाली जिल्ला हुम्लामा हिउँद याममा हिमपात नहुँदा चिसो बढेको छ । हुम्लाको आकाशमाक केही दिनदेखि बादल मडारिए पनि हिमपात हुन सकिरहेको छैन् । चार,पाँच दिनसम्म आकाशमा बादल मडारिने गरेपनि हिमपात हुन नसकेको हो ।

मंसिर पुस र माघ महिनामा अत्याधिक हिमपात हुने भएपनि यो वर्ष मंसिर र पुस दुई महिना वित्दा समेत हिमपात हुन सकिरहेको छैन् । यो समय जिल्लामा हिमपात भएर सेताम्य हुने भएपनि उराठ लाग्दो देखिएको छ ।

गएको कात्तिक महिनामा जिल्लामा एक दुइ पटक हल्का हिमपात भएपनि त्यस यता हुन नसकेको सिमकोट गाउँपालिका-३ का स्थानीय पेमा लामाले बताउनुभयो । स्थानीय लामाले भन्नुभयो, यतिबेला हिउँले जताजतै सेत्याम्ये देखिन्थ्यो, हिउँमा बालबालिकादेखि युवायुवतीहरु रमाउने गर्थे तर यो वर्ष त्यसो हुन् सकेन् । आज पुसको अन्तिम दिन भोलीबाट माघ लाग्दैछ । बढी हिमपात हुने महिना हिउँ परेन् अब माघ फाल्गुनमा के हुने हो थाहा नभएको लामाको भनाई थियो ।

हिमपात नभएपनि बेला बेला मौसम बदली हुँदा चिसो केही दिन यता अत्याधिक बढेर दाँत नै कटकटाउने चिसो बड्नुका साथै तापक्रम माइनसमा झरेको छ । सदरमुकाम सिमकोटको तापक्रम विहान बेलुका माइनस ९ देखि १० डिग्री सम्म पुग्ने गरेको छ । उत्तरी नाम्खा गाउँपालिकामा झन बढी चिसो हुने हुँदा यहाँको लिमिको तिल,जाङ र हल्जि गाउँका नागरीकलाई चिसोले सताउने गरेको छ । भने चीनको सिमानाका हिल्सामा समेत चिसो अत्याधिक हुने गर्छ ।

हुम्लामा दुई महिना यता होचो स्थानमा वर्षा नहुँदा हालसम्म हिमपात हुन नसकेको हो । तर जिल्लामा हिमपात नभएपनि सदरमुकाममा चिसो धेरै बढेको डिल बहादुर बोहराले बताउनुभयो । हिमपात हुँदा तातो हुने भएपनि बादल मात्रै लाग्दा त्यसको असर हप्तादिनसम्म हुनुका साथै चिसो गराउने गरेको उहाँको भनाई थियो । हिमपात नहुँदा धुलोले सताउने गरेको छ । भने जसका कारण विभिन्न रोग फैन सक्ने अवस्था रहेको स्वास्थ्यकर्मीले बताउने गरेका छने ।

उच्च क्षेत्रमा हिमपात र होचो स्थानमा पानी नपर्दा रोग फैलन सक्ने सम्भावना हुनुका साथै कृषकहरुमा खडेरी पर्ने होकी भन्ने डर पसेको छ । जेठासी बाली गौ, जौ र उवा विग्रने सम्भावना बढेको भन्दै किसान चिन्तित छन् । हिमपात भएमा लामो समय चिस्यान रहने भएकाले चैत बैशाखमा लगाउने बाली लगाउन समेत राम्रो हुने तरहिमपात नभएकाले त्यो बाली लगाउन पनि समस्या हुने आशंकाले चिन्ता बढेको कृषक लक्ष्मी रावलले बताउनुभयो ।

स्थानीयहरुमा चिसो बढेको भन्दा पनि हिमपात नभएको कारण खेतमा लगाइएको हिउँदे बाली चैत बैशाखमा लगाइने वर्षे बालीलाई समस्यान पर्ने हो की भन्ने चिन्ताले बढीले सताउन थालेको रावलको भनाई थियो ।

गत वर्षको हिउँदमा यतिबेलासम्म हुम्लाको रानीवनमा हिउँ खेल्नेहरुको लर्को लागिसक्थ्यो । भारी हिमपात हुनुका साथै पाँच, छ फिटसम्म हिउँ जम्ने गरेको थियो । तर यो वर्ष मंसिर पुस वित्दा सदरमुकामबासीले हिउँ देख्न नपाएको बताउने गरेका छन् । यसको वर्षको पुस अन्तिम दिनसम्म हिमपात भएन् । माघ देखि परेको हिउँ विलाउदै जाने गर्दछ । मंसिर पुस दुई महिना परेको हिउँ जम्नुका साथै बरफ बनेर बसेको हुन्छ । हिमाल सेतै देखिन्थे । पुस हिउँ सिला, माघ हिउँ बिला भन्ने स्थानीयको उख्खान जस्तै माघमा परेको हिउँ विलाउदै जाने गर्छ । पुसमा परेको हिउँ जमेर बस्छ भने यो महिना तापक्रम माइनसहमा समेत बढी झरेको हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?