धादिङमा माघ २ देखि अनलाइनबाट मतदाता नामावली संकलन गरिदै

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । जिल्ला निर्वाचन कार्यालय धादिङले माघ २ गतेदेखि अनलाइनबाट मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ ।

कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ २ गते देखि जिल्ला निर्वाचन कार्यालय धादिङमा प्रि-इनरोलमेन्ट प्रणाली (अनलाइन) बाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम त्रुटि सच्याउने, नामावली सार्ने लगाएतको काम सुचार हुने जनाएको छ ।

मतदाता नामावली सङ्कलन गर्न, आफ्नो मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन चाहेमा, विवाह वा बसाई सरेका कारण नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा विवाह दर्ता प्रमाणपत्र वा बसाई सराई दर्ता प्रमाणपत्रका आधारमा आवश्यक प्रमाणसहित प्रि-इनरोलमेन्ट प्रणाली (अनलाइन) आवेदन गर्न सकिने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिको काम बन्द गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन मिल्दैन : पूर्वमुख्यसचिव बैरागी निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ : कृष्ण सिटौला ५५ वर्षमा राजनीति छाड्ने घोषणा कार्यान्वयन गर्न गगन थापालाई मोहन बस्नेतको चुनौती कांग्रेसलाई एकताबद्ध बनाउन देउवाको भूमिका निर्णायक : लेखक मानवअधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका लघुवित्तपीडित गेटमै रोकिए न्यायपालिकालाई जनताको अधिकारमा केन्द्रित बनाउन सबै पक्षको भूमिका आवश्यक : न्यायाधीश ढुंगाना अभिनेत्री वर्षा सिवाकोटीले नाइमा २०२६ मा गरिन् एमजी एस६ बुकिङ मन्त्री स्टन्टमा व्यस्त, बजारमा जनताको याचना-‘सरकार ! ग्यास देऊ’ बागलुङमा पहिरोले दर्जन घरमा क्षति, ४० घर जोखिममा सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए पद तथा गोपनीयताको शपथ