धादिङमा माघ २ देखि अनलाइनबाट मतदाता नामावली संकलन गरिदै

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । जिल्ला निर्वाचन कार्यालय धादिङले माघ २ गतेदेखि अनलाइनबाट मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ ।

कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ २ गते देखि जिल्ला निर्वाचन कार्यालय धादिङमा प्रि-इनरोलमेन्ट प्रणाली (अनलाइन) बाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम त्रुटि सच्याउने, नामावली सार्ने लगाएतको काम सुचार हुने जनाएको छ ।

मतदाता नामावली सङ्कलन गर्न, आफ्नो मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन चाहेमा, विवाह वा बसाई सरेका कारण नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा विवाह दर्ता प्रमाणपत्र वा बसाई सराई दर्ता प्रमाणपत्रका आधारमा आवश्यक प्रमाणसहित प्रि-इनरोलमेन्ट प्रणाली (अनलाइन) आवेदन गर्न सकिने जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिको काम बन्द गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?