नयाँ वर्ष मनाउन टुँडिखेलमा मगर समुदायको रौनक (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । मगर समुदायले नयाँ वर्ष मनाउने क्रम शुरु भएको छ ।
शुक्रवारबाट काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ती पर्वको पूर्व सन्ध्यामा मगर समुदायले माघे नयाँ वर्ष मनाउन शुरु गरेका हुन् ।

मगर समुदायले माघे संक्रान्तीलाई नयाँ वर्षको रुपमा मनाउने परम्परा रहेको छ । माघे संक्रान्ती पर्वको अवसरमा उनीहरुले मिठामिठा परिकारहरु बनाएर खाने, नाचगान र आफ्नो संस्कृति झल्किने पहिरनसहित रमाइलो गर्ने गर्छन् । शुक्रवारबाट उनीहरुले आफ्नाआफ्ना सांस्कृतिक नृत्यहरु प्रश्तुत गरेका छन् । टुँडिखेलमा उनीहरुले मगर समुदायका मानिसहरु एक ठाउँमा जम्मा भएर सामुहिक रुपमा नाचगान गरिरहेका छन् । औपचारिक कार्यक्रम नभए पनि काठमाडौंमा मगर समुदायका युवायुवतीले आफ्नो परम्परागत पोशाक लगाएर नयाँ वर्ष मनाउने गर्छन् ।
नेपालको सबै जिल्लामा मगर जातिको बसोवास रहेपनि मगर समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता पाइन्छ । मौलिक संस्कृतिको रूपमा मगरले माघे संक्रान्ती भूम्यापूजा, वैशाख पूर्णिमा, साउने संक्रान्ती आदि चाडपर्व सबैले मनाउने गर्दछन् भने भाषिक रूपले मगरले बाह्र मगरात (मगर ढुट), अठार मगरात (मगर खाम÷पाङ) र मगर काइके बोल्ने गर्दछन् । मौलिक कला–संस्कृतिका हिसावले मगर मा हुर्रा, सोरठी, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगान प्रचलित छन् । माघे संक्रान्ती चाड विशेषतः चेली तिहारको रूपमा मनाइन्छ ।

नयाँ यामको शुरुवात माघे संक्रान्तीका दिनदेखि उभौँली शुरु भई साउने संक्रान्तीमा समापन हुने र सोही दिनदेखि उँधौली शुरु हुने प्रचलन छ । यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मुल र धारालाई जमरा र पातीले सजाउने साथै नुहाइधुवाइ गरेर महिलाले मुलको पानी र जमरास्वरूप जौको पात लिएर घरको ‘धुरी खाँबो’मा पूजा गर्ने गर्छन् ।

तस्वीरमा हेर्नुहोस्

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?