कुर्मीको न्यायको माग गर्दै धर्नारत अधिकारकर्मीसँग गृहमन्त्री लामिछाने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालगन्जकी निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाइएपछि न्यायका लागि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीहरूलाई गृहमन्त्री रवि लामिछानेले शनिवार भेट गर्नुभएको छ ।

भेटका क्रममा गृहमन्त्रीले धर्नामा रहेका अधिकारकर्मी र आफन्तहरूलाई न्याय पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

यस विषयमा गृहमन्त्री हुनुभन्दा अघि पनि आवाज उठाएको र अब पनि निरिन्तर लागिरहेको उहाँले बताउनु भयो। निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाउने घटनामा राजनीतिकर्मीकै सम्लग्नता रहेको आरोप छ ।

लामिछानेले जोसुकैको सम्लग्नता भए पनि दोषीलाई कारवाही गरेरै छाड्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?