गुठिचौर गाँउपालिकाद्वारा आगलागी पीडितलाई राहत वितरण 

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लाको गुठिचौर गाँउपालिका -  ३ का  आगलागी पीडितलाई राहत वितरण गरेको छ ।

पालिकाकाे -  ३ गर्ज्याङकोटमा पुस २७ गते भएको आगलागीका पीडित गोपाल गिरिको परिवारलाई शनिबार  खाद्यान्न लगायत लत्ताकपडा सामग्री वितरण गरेको पालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल (भण्डारी ) ले जानकारी दिनुभयो ।  स्थानीय सरकारको काम भनेकै स्थानीयवासि काे पिडामा सहयोग गर्ने काम हाे । उपाध्यक्ष भण्डारीले भन्नुभयो," पीडित लाई राहत दिनु स्थानीय सरकारको विशेष काम भएकोले प्रयासस्वरुप परिवारलाई राहत हुने गरि चामल, ब्ल्याङ्केट,डसना र भान्सामा प्रयोग गरिने भाँडावर्तन आगलागी पीडितलाई  हस्तान्तरण गरिएको  गाँउपालिका उपाध्यक्ष भण्डारीकाे भनाइ छ । "  गत पुस २७ गते विद्युत सर्ट भएर आगलागी हुँदा गिरिको घर पूर्णरुपमा जलेको  नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

पालिका उपाध्यक्ष कार्यपालिका सदस्य र पालिका कर्मचारी लगायतले आगलागी पीडितकाे घरमै पुगेर राहत प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंह बहादुर खत्रीले जानकारी दिनुभयो ।
उत्त आगलागीबाट १५ लाख बराबरको  क्षति भएको  प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?