प्रदेश नं १ का उपसभामुख दनुवारद्वारा सपथ ग्रहण

Read Time = 1 min

विराटनगर । प्रदेश नं १ का सभामुख बाबुराम गौतमले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनिर्वाचित उपसभामुख सिर्जना दनुवारलाई आज सपथ गराउनुभएको छ ।

सभामुख गौतमले नेपालको संविधानको धारा १८२ को उपधारा ९१० तथा प्रदेश नंं १ को नियमावली २०७४ (पहिलो संशोधन समेत) को नियम ९ बमोजिम उपसभामुख पदमा बहुमतबाट निर्वाचित हुनुभएकी दनुवारलाई सोही नियमावलीअनुसार पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।

प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश मन्त्रिपरिषद्का सदस्य, निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभाका सदस्यको सपथ ग्रहण समारोहमा उपस्थिति रहेको थियो ।

उपसभामुख दनुवारले आजै पदभार ग्रहण गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?