पाकिस्तानविरुद्धको शृंखला न्युजिल्याण्डलाई

Read Time = 2 mins

कराँची । न्युजिल्याण्डले तेस्रो ओडिआई खेलमा घरेलु टोली पाकिस्तानलाई दुई विकेटले हराउँदै तीन ओडिआई खेलको सिरिज दुई-एकले जितेको छ । नेशनल स्टेडियम कराँचीमा भएको खेलमा जितका लागि २८१ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.१ ओभरमा आठ विकेट गुमाएर लक्ष्य भेट्टायो । न्युजिल्याण्डको जितमा ग्लेन फिलिप्सले ४२ बलमा चार चौका र चार छक्कासहित ६२ रनको अविजित इनिङ खेल्नुभयो । यस्तै, कप्तान केन विलियम्सन ६८ बलमा दुई चौकासहित ५३ रनमा रनआउट हुनुभयो ।

ओपनर डेभन कन्वे ६५ बलमा पाँच चौका र एक छक्कासहित ५२ र फिन एलेनले २५ रन जोड्नुभएको थियो । पाकिस्तानका मोहम्मद वासिम जुनियर र अघा सलमानले दुई-दुई विकेट लिनुभएको थियो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २८० रन बनायो । पाकिस्तानका लागि ओपनर फखर जमानले १२२ बलमा १० चौका र एक छक्कासहित १०१ रनको शतकीय इनिङ खेल्नुभयो ।

विकेट किपर मोहम्मद रिजवान ७४ बलमा ६ चौकासहित ७७ तथा अघा सलमान ४५, हरिस सोहेलले २२ रन जोड्नुभयो । न्युजिल्याण्डका टिम साउथीले १० ओभरमा ५६ रन खर्चेर तीन, लोकी फर्गुसनले दुई, माइकल ब्रेसवेल र ईश सोधीले एक-एक विकेट लिनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?