मच्छिन्द्रसँग छिरिङको सम्झौता नवीकरण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । डिफेन्डर छिरिङ गुरुङले मच्छिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गर्नुभएको छ । मच्छिन्द्रले शुक्रबार सामाजिक सञ्जालमार्फत् छिरिङसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ । मच्छिन्द्रले नयाँ सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि छिरिङसँगको सम्झौता थप गरेको हो ।

मच्छिन्द्र पछिल्लो संस्करणको ‘ए’ डिभिजनको च्याम्पियन टोली हो । मच्छिन्द्रले लगातार दोस्रोपटक शीर्ष डिभिजनको लिग जित्दा छिरिङ टोलीमा हुनुहुन्थ्यो ।

यस्तै, डिफेन्डर प्रवेश कुँवर दनुवारले मनाङ मस्र्याङ्दी क्लबसँगको सम्झौता नवीकरण गर्नुभएको छ । मनाङले शनिबार डिफेन्डर प्रवेशले सम्झौता नवीकरण गरेको जनाएको छ । मनाङले नयाँ सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि प्रवेशसँग सम्झौता थप गरेको हो । नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?