कर्णाली प्रदेशसभा : सभामुखको निर्वाचन आज

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कर्णाली प्रदेशसभामा सभामुखका लागि आज निर्वाचन हुँदैछ । बिहान ११ बजेका लागि निर्वाचनको समय तोकिएको हो ।

सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारूढ दलका साझा उमेदवार नेकपा (एमाले)का प्रदेशसभा सदस्य नन्दा गुरुङको उमेदवारी परेको छ ।

नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य खड्ग पोखरेलले सभामुखमा उमेदवारी दर्ता गराउनुभएको छ ।

एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलको प्रस्ताव तथा नेकपा (माओवादी केन्द्र) प्रदेशसभा दलका नेता एवं मुख्यमन्त्री राजकुमार शर्माको समर्थनमा गुरुङको उमेदवारी दर्ता भएको हो ।

कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय पूर्णबहादुर खत्रीको प्रस्ताव र विजया बुढाको समर्थनमा पोखरेलले आफ्नो उमेदवारी दर्ता गराउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?