माघे संक्रान्तिका अवसरमा प्रदेश परिकार मेला

Read Time = 3 mins

काठमाडौं । 'बसे पनि शहर, गाउँकै खाने रहर, स्वादका लागि होइन, स्वास्थ्यका लागि खाऔँ' भन्ने नाराका साथ बुढानीलकण्ठ-१० कपनस्थित गैरीगाउँ वल्र्डमार्ट युनिक सोलुसन प्रालिद्वारा सञ्चालित फेमिलियर अर्गानिक फार्म हाउस(मौलिक भान्साघर) ले माघे संक्रान्तिविशेष परिकारका साथै स्थानीय उत्पादनको प्रदर्शनी गर्ने भएको छ । आफ्नो जात धर्मअनुसार मनाइने मौलिक चाडपर्व र खाइने विशेष परिकारकोे महत्व बुझाउने उद्देश्यले जैविक विविधता दिवसका अवसरमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, कृषि ज्ञानकेन्द्र ललितपुर, राष्ट्रिय युवा परिषद्, बुढानीलकण्ठ नगरपालिका र लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा मौलिक भान्छाघरले आगामी माघ १ गतेदेखि ७ गतेसम्म परिकारको प्रदर्शनी गर्ने भएको हो ।

पाँच सयभन्दा बढी व्यक्तिलाई माघीको परिकारका स्वादसँगै सात प्रदेशका सात मौलिक परिकार र संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

परिकार प्रदर्शनीमा माघे संक्रान्ति विशेष परिकार तिलको लड्डु, चाकु, घिउ र तरुल, खिचडी, मासको बारा, फापरको फुरौला, मार्सी चामलको कसार, सख्खर खड्डा, पिँडालु र फर्सी रहने बताइएको छ । प्रदेशस्तरीय थप परिकारतर्फ प्रदेश १ किनेमा र झयाउ (राई, लिम्बूको विशेष खाना), मधेश प्रदेशको भक्का (मधेशको विशेष खाना), बागमती प्रदेशको योमरी(नेवार जातिको विशेष खाना) गण्डकी प्रदेशको खिर र सेल रोटी (क्षेत्री ब्राहृमण परिकार), लुम्बिनी प्रदेशको खिचडी र ढिकृ (थारु परिकार), कर्णालीको प्रदेशको मार्सी खाना सेट, सुदूरपश्चिम प्रदेशको माडा रहेका छन् । विभिन्न स्वदेशी उत्पादन र रैथाने परिकारको स्टल रहने प्रदर्शनीमा खाना एक सेट निःशुल्क चखाउने कार्यक्रमसमेत रहेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?