नेपाल एयरलाइन्सले आजबाट इलाम-काठमाडौं उडान भर्दै

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 2 mins

इलाम । नेपाल एयरलाइन्सले आज (आइतबार) देखि इलाम-काठमाडौँ उडान सुरु गर्ने भएको छ ।

मौसमले साथ दिएमा आज करिब ८ बजे काठमाडौंबाट उडान गर्ने तालिका रहेको छ । इलाममा करिब ९ बजे आउने र साढे नौ बजे काठमाडौंका लागि उड्ने तालिका निर्धारण भएको इलाम नगर प्रमुख केदार थापाले बताउनुभयो ।

सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति भएको थियो ।

एक वर्षअघि करिब तीन महिना उडान भएर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः उडान सञ्चालन हुने भएको हो ।

इलाम नगरपालिका-९ मा रहेको यस फल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट गत वर्ष इलाम नगरपालिकाले तारा एयरसँग सम्झौता गरेर केही उडान गरेको थियो । तर सम्झौता सकिएसँगै उडानसमेत बन्द भएको छ ।

विमानबाट इलाम-काठमाडौं करिब एक घण्टामा एकोहोरो उडान गर्न सकिन्छ ।

इलामबाट १९ सिट क्षमताको ट्वीनअटर जहाज मात्र सञ्चालन हुनेछ । इलामबाट काठमाडौंको एकतर्फी भाडा रु छ हजार तीन सय तोकिएको छ ।

काठमाडौँबाट इलामका लागि भने एकतर्फी भाडा छ हजार पाँच सय तोकिएको छ । तर ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई विशेष छुटको सुविधा उपलब्ध गरिएको नगरपालिकाले जनाएको छ । एक उडानमा दुई जना ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?