गोदावरीमा स्नान गर्नेको घुइँचो

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । धार्मिकरूपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाममा शनिवार देखि बाह्रराशि दर्शन मकरमेला सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उक्त मकरमेलाको शुभारम्भ गर्नुभएकाे थियाे । हरेक वर्ष झैँ यस वर्ष पनि एक कार्यक्रमका बीच मकरमेलाको शुभारम्भ गरिएको हो ।

मेलाका अवसरमा बाह्रराशि नवग्रह, २७ नक्षत्रको स्थापना तथा लक्ष्यहवन, विभिन्न पुराण पारायण, ग्रहपूजा, ग्रहशान्ति, भजनकीर्तन, प्रवचन आदि हुने आयोजक गोदावरीधाम विकास समितिले जनाएको छ ।

बाह्रराशि दर्शन मकरमेला स्नान गर्नेहरूको कैलालीको गोदावरी धाममा घुइँचो लागेको छ । शनिवार राती देखि नै गोदावरीमा स्नान गर्न श्रद्धालु भक्तजनहरुको भिड लागेको थियो ।

गोदावरी धाम समितिले १२ राशि मकर मेला पनि लगाएको छ । स्नान गर्न गोदावरी धाममा कैलाली कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरू र छिकेकी मुलुक भारतबाट समेत भक्तजनहरू आएका छन् ।

गोदावरीधाममा हरेक १२ वर्षमा कुम्भ मेला, ६ वर्षमा अर्ध कुम्भ र हरेक वर्ष मकर मेला लगाउने परिपाटी अनुसार यस वर्ष पनि मकर मेला लागेको हो । श्रद्धालु भक्तजनहरूले गोदावरीमा स्नान गर्नुको साथै शिव मन्दिरको दर्शन समेत गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?