वडा कार्यालयद्वारा एकल महिला ज्येष्ठ नागरिकलाई न्यानो कपडा बितरण

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तातोपानी गाँउपालिकाको-६ वडा कार्यालयले हिउँदे याममा एकल महिला ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । अत्यधिक जाडो बढेसंगै सो वडाले यहाँका लक्षित वर्गलाई केही राहत गर्नका लागि यो कार्यक्रम लागु गरेको वडाध्यक्ष विशाल खड्काले बताउनुभयो ।

चिसो समयमा न्यानो कपडा वितरण गर्दा एकल महिला र जेष्ठ नागरिकलाई राहत पुगेको छ । वडाध्यक्ष खड्काले भन्नुभयो , 'वडा कार्यालयले न्यानो कपडा बितरण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । आर्थिक अवस्था पछि परेका स्थानीयवासि र एकल महिला तथा ६० वर्ष माथि पुगेका ज्येष्ठ नागरिक लाई न्यानो कपडा वितरण गरेको वडाध्यक्ष खड्काको भनाइ छ ।'

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाइले जाडो याममा वडाले गरेको न्याने बितरण कार्यक्रम निकै राम्रो भएकोले अरु वडाले पनि त्यस्तै कार्यक्रम ल्याउन जरुरी रहेको छ । आर्थिक अवस्थामा कमजोर भएका नागरिककालागी यो कार्यक्रमले केही सहयोग पुग्ने पालिका अध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।

जाडो छल्ने न्यानो ज्याकेट, टोपी गल्बन्दी र महिलालाई सुइटर प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । ६८ वर्षका ४३ जना ,६० देखी ६७ वर्षका ६० जना जेष्ठ नागरिक र २४ जना एकल महिलालाई शनिबार न्यानो कपडा बितरण गरिएको तातोपानी-६ वडाले जनाएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्र बहादुर शाहीले यो समय चिसो छल्नका लागी दिइएको न्यानो कपडाले यहाँका नागरिकलाई राहत पुगेको बताउनुभयो । तातोपानी-६ वडाकी एकल महिला राजकली बिष्टले एकल महिलालाई सम्मान गर्ने कार्यक्रमले वडाका स्थानीयवासिमा खुसी छाएकाे बताउनुभयो ।

जिविकोपार्जनमा सहजता ल्याउनका लागी सिममुलक तालिम दिन गाउँपालिकाले अनुरोध गरेको स्थानीयवासि कला खड्काले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?