माघे संक्रान्ती पर्व मनाइयो (फाेटोफिचर)

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आज देशभर माघे संक्रान्ती पर्व मनाइएको छ । मगर समुदायको मुख्य पर्व माघे संक्रान्ती पर्व आज देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाइएको हो ।

यस पर्वलाई मगरहरुले आफ्नो नयाँ वर्षको रुपमा मनाउने गरेका छन् । मगर समुदायले आफ्ना पितृहरुलाई सम्मान गर्ने, प्रकृतिलाई पुज्ने र आफ्ना चेलीहरुलाई पुज्दै पारिवारिक रुपमा हर्षोल्लासका साथ यो पर्व मनाउने गरेका छन् । काठमाडौंमा नेपाल मगर संघ केन्द्रिय समितिको आयोजनामा ३ दिने राष्ट्रिय सांस्कृतिक महोत्सवको आयोजना गरि माघे संक्रान्ती पर्व मनाइयो ।

काठमाडौंको टुँडिखेलमा भएको सो महोत्सवमा देशभरबाट मगर समुदायको प्रतिनिधित्व रहेको थिया । आ–आफ्नो भेषभुषा तथा गरगहनामा सजिएका व्यक्तिहरुले महोत्सवमा रौनकता थपेका थिए । साथै महोत्सवमा मगर समुदायको आ–आफ्नो मौलिक परिकारहरुको प्रदर्शनी तथा बिक्री वितरण भएको थियो ।

थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाए ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । राजधानीलगायत अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेषरूपमा मनाउँदै छन् । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?