भेरोनामाथि इन्टरको जित

हिमालय टाइम्स
Read Time = 3 mins

मिलान । इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा हेलास भेरोनामाथि १-० को झिनो जित निकालेको छ । खेलको तेस्रो मिनेटमा लाउटेरो मार्टिनेजले निर्णायक गोल गर्नुभएको थियो । जितसँगै चौथो स्थानमा रहेको इन्टरले तेस्रो स्थानको युभेन्ट्ससँग अंक बराबरी गरेको छ । इन्टरको १८ खेलबाट ३७ अंक पुगेको छ । समान खेलबाटै युभेन्ट्सको पनि ३७ अंक रहँदा गोल अन्तरमा इन्टर पछि छ । पराजित हेलास भेरोना नौ अंक जोडेर १९औँ स्थानमा छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा दोस्रो स्थानमा रहेको एसी मिलान लिससँग दुई-दुई गोलको बराबरीमा रोकियो । मिलानले दुई गोलले पछि परेको स्थितिमा दुई गोल गर्दै अंक खोस्न सफल भएको हो । मिलानका राफायल लियो र डेभिड कालाब्रियाले बराबरी गोल फर्काउनुभयो । यस बराबरीसँगै मिलान १८ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा यथावत् छ । लिस २० अंक जोडेर १२औँ स्थानमा छ ।

यस्तै, अर्काे खेलमा मोन्जाले क्रेमोनेसेलाई तीन-दुईले पराजित गरेको छ । यस जितसँगै मोन्जा २१ अंक जोडेर ११औँ स्थानमा तथा क्रेमोनेसे सात अंक जोडेर पुछारमा छ ।

लिभरपुल इंग्लिस प्रिमियर लिगमा ब्राइटनसँग स्तब्ध बनेको छ । लिभरपुललाई ब्राइटनले ३-० ले स्तब्ध पारेको छ । ब्राइटनका सोली मार्चले २ तथा ड्यानी वेलब्याकले एक गोल गर्नुभयो ।

४६औँ मिनेटमा सोली मार्चले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाउनुभयो । ५३औँ मिनेटमा सोली मार्चले दोस्रो गोल गर्नुभयो । त्यसपछि ८१औँ मिनेटमा ड्यानी वेलब्याकले तेस्रो गोल गर्नुभयो । यस जितसँगै ब्राइटन १८ खेलबाट ३० अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ । पराजित लिभरपुलले छैटौँ स्थानमा उक्लने मौका गुमाएको छ । लिभरपुल २८ अंक जोडेर नवौँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?