वरिष्ठ साहित्यकार पोषणको सम्झनामा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । वरिष्ठ साहित्यकार पोषण पाण्डेको ९०औं जन्मजयन्ती र उहाँको नाममा स्थापना भएको पोषण पाण्डे तीर्थ सदनले तेस्रो वर्षमा प्रवेश गरेको दिन उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको सम्झना गरिएको छ । ३१ बालबालिकालाई आवासीय रूपमा सेवा दिँदै आएको गोकर्णस्थित अपांग पुनःस्थापना केन्द्रमा एक अनौपचारिक कार्यक्रम आयोजना गरी उहाँको सम्झना गरिएको हो ।

कार्यक्रममा बालबालिकाले साहित्यकार पाण्डेले रचना गर्नु भएको कविता वाचन गर्नुको साथसाथै आ-आफ्नो कला प्रतिभा प्रस्तुत गरेका थिए । बालबालिकाको प्रतिभा प्रस्तुतिपश्चात् पोषण पाण्डे तीर्थ सदनका अध्यक्ष विजय चालिसेले मान्छेको सबैभन्दा ठूलो सहयोगी भनेको आफू स्वयं हो र आफैंलाई बलियो बनाए भविष्यमा असल मान्छे बन्न सकिने बताउँदै बालबालिकाको हौसला बढाउनुभयो । सदनको तर्फबाट अपांग पुनःस्थापना केन्द्रका बालबालिकालाई उपहारस्वरूप केही शैक्षिक तथा खेलकुद सामग्री पुनःस्थापना केन्द्रका इञ्चार्ज पास्तेम्बा शेर्पालाई हस्तान्तरण गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?