टोटेनहममाथि आर्सनलको सानदार जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा आर्सनलले टोटेनहमलाई पराजित गरेको छ ।

टोटेनहम हट्स्पर स्टेडियममा सम्पन्न खेलमा आर्सनलले घरेलु टोलीमाथि २-० गोलको जित निकालेको हो ।

खेलको १४ औं मिनेटमा बुकायो साकाको क्रसमा टोटेनहमका गोलकिपर ह्युगो लोसिसले आत्मघाती गोल गर्न पुगे ।

त्यस्तै खेलको ३६ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल थप्दा आर्सनलले २-० गोलको जित निकाल्न सफल भयो। दोस्रो हाफमा टोटेनहमले केही राम्रा अवसरहरु बनाएर पनि सदुपयोग गर्न असफल रह्यो ।

जितसँगै आर्सनलले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ। १८ खेलबाट आर्सनलको ४७ अंक छ भने दोस्रो स्थानमा म्यानचेस्टर सिटीको समान खेलबाट ३९ अंक छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?