कि कर्ण बन कि युयुत्सु

Read Time = 14 mins

✍️ मणि शर्मा

नेपाली कांग्रेसले अप्रत्याशित रूपमा दाहाल सरकारलाई समर्थन दिएर आफ्नो प्रमुख प्रतिपक्षको भूमिकाबाट संविधानतः आफूलाई अलग पारेको छ । यो निर्णय देउवाको स्वविवेकको परिणाम नभएर विदेशी शक्तिकेन्द्रको स्वार्थमा आधारित छ । संसदीय व्यवस्थामा के संसद् प्रमुख प्रतिपक्षविहीन हुन्छ र ? कांग्र्रेसले अब कुन नैतिकताको आधारमा आफूलाई प्रमुख प्रतिपक्ष दाबी गर्दै संवैधानिक परिषद्मा आफ्नो हकदाबी जताउने छ ? कांग्रेसलाई थाहा छ यो सरकार धेरै समयसम्म चल्दैन । विदेशी शक्तिकेन्द्रहरूले यसलाई चाँडै नै ढाल्नेछन् । त्यसैले उसले राष्ट्रपति पद आफ्नो पोल्टामा पार्न सरकारलाई समर्थन गरेको हुन सक्छ । राष्ट्रपति आफ्नो अनुकूल नभए के हुन्छ उसले भोगिसकेको छ ।

यदि राष्ट्रपति वा सभामुख उसले पाएन भने उसले सरकारबाट समर्थन फिर्ता लिनेछ र दाहाल सरकारले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउनेछ । कांग्र्रेसले आफ्नो समर्थन फिर्ता लिए पनि सरकार ढल्दैन तर त्यसबेला दाहाल सरकारलाई समर्थन दिने साना दलहरू माझ विदेशी शक्तिकेन्द्रहरू खेलेर दाहाल सरकारलाई ढाल्न सक्ने परिस्थिति उत्पन्न गराउन सक्छ । अमेरिकालाई यो सरकार गठन भएपछि थोरै भए पनि धक्का लागेको छ भने चीन फोबियाले ग्रस्त भारतीय मिडिया यस सरकारको विरुद्ध खुलेरै लागेको छ ।

पुष्पकमल दाहालको चरित्र अस्थिर र ढुलमुले छ । आफ्नो स्वार्थका लागि उनी जुनसुकै पाइला चाल्न पछि पर्ने छैनन् । चुनावमा कांग्र्रेससँग गठबन्धन गरेर र यो गठबन्धन बीस वर्षसम्म निरन्तर रहनेछ भन्ने पुष्पकमलले चुनावपछि एमालेसँग गठबन्धन गर्नुले पनि विश्वासघात उसको राजनीतिको प्रमुख अंग हो भन्ने प्रमाणित भएको छ । यसअघि पनि एमालेसँग उनले विश्वासघात गरेर कांग्रेससँग टाँसिन पुगेका थिए । अहिले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा यो सरकारले सार्वजनिक विदा दियो र दाहाल आफैंले आफू पृथ्वीनारायण शाहको विरोधी नभएको भनेका थिए ।

पुस २७ गते उनले आफ्ना वरिष्ठ नेता वर्षमान पुनलाई पृथ्वीनारायण शाहविरोधी कार्यक्रममा पठाएर आफ्नो दोहोरो चरित्र देखाए । राजा गीर्वाणविक्रम शाहको मञ्जुरीविना सुगौली सन्धि गर्नेमध्ये एक पात्र चन्द्रशेखर दाहालको अर्को अवतारको रूपमा पुष्पकमल दाहाललाई लिन सकिन्छ ।

तर, पुस २७ गते उनले आफ्ना वरिष्ठ नेता वर्षमान पुनलाई पृथ्वीनारायण शाहविरोधी कार्यक्रममा पठाएर आफ्नो दोहोरो चरित्र देखाए । नेपालको राजनीतिलाई सदैव अस्थिर बनाइराख्नु उनको जीवनचर्या नै भएको छ । राजा गीर्वाणविक्रम शाहको मञ्जुरीविना सुगौली सन्धि गर्नेमध्ये एक पात्र चन्द्रशेखर दाहालको अर्को अवतारको रूपमा पुष्पकमल दाहाललाई लिन सकिन्छ ।

थाइल्याण्डको रामकियेन र कम्बोडियाको रामकेर नामक रामायण अनुसार रावणको एउटी पुत्री पनि थिइन्, सुवर्णमछा वा सुवर्णमत्स्य । उनी अत्यन्त सुन्दरी पनि थिइन् र उनलाई जलपरी पनि भनिन्थ्यो । लंकामा रामले आक्रमण गर्नका लागि समुद्रमा पुल बनाउने योजना बन्यो र यसको जिम्मा नल र नीललाई दिइयो उनीहरूको योजना अनुसार । उनको योजनाअनुसार हनुमानजीले वानर सेनाको सहयोगमा समुद्रमा ढुंगा फालेर पुल बनाउन सुरु गरे । यो कुरा रावणलाई थाहा भएपछि उनले आफ्नी पुत्री सुवर्णमछालाई पुल बनाउने काम रोक्न जिम्मा दिएर समुद्रमा पठाए ।

हनुमान तथा वानर सेनाले फालेका ढुंगाहरूलाई सुवर्णमछा आफ्ना मान्छेहरू लगाएर बोक्दै अन्त लग्न लगाइरहेकी थिइन् । ढुंगाहरू गायब भएको देखेर हनुमान चकित भए । हनुमान यो कुरा पत्ता लगाउन समुन्द्र तलमा गए । उनले त्यहाँ देखे कि केही मानिसहरू ढुंगा बोक्दै अन्तै लगिरहेका छन् । उनी तिनीहरूको पिछा गर्दै पछि-पछि गए । उनले ढुंगा फाल्ने ठाउँमा गएर देखे कि ती मानिसहरूको नेता एउटी सुन्दर कन्या रहिछिन् । हनुमानजीले सुवर्णमछालाई चुनौती दिए । परन्तु यी कन्या हनुमानजीलाई देखेर प्रेममा पर्छिन् । उनी हनुमानजीलाई हेरेकोहेर्‍यै भइन् ।

हनुमानजीलेले उनको मनोभाव बुझे । उनी सुवर्णमछालाई लिएर समुद्रतलमा गए । त्यहाँ गएर उनी ती कन्यालाई सोधे, तिमी को हौ ? उनले भनिन्, म रावणकी पुत्री सुवर्णमछा हुँ । हनुमानजीले उनलाई रावणको कुकर्मका बारेमा बताए र आफूहरू किन पुल बनाउन लागेको भने । हनुमानजीको प्रेममा परेकी सुवर्णमछाले आफ्ना मान्छेहरूलाई भनेर ढुंगाहरू फर्काउन लगाइन् । उनीहरू बीचको प्रेमका कारण एउटी कन्या जन्मिइन्, नाम रहृयो मैकचनु वा मछानु ।

शत्रुले आफ्नो स्वार्थका लागि आफ्नो शत्रुपक्षलाई अस्त्रले हुन्छ कि प्रेमले आफ्नो बसमा पार्छन् । त्यसपछि अलपत्र छोडिदिन्छन् । आफ्नो काम सकेपछि हनुमानजीले सुवर्णमछालाई अलपत्र छोडिदिए । कतै विदेशी शक्तिकेन्द्रले पुष्पकमल दाहाललाई प्रेम प्रस्ताव लिएर देउवाकोमा पठाएर सरकारलाई समर्थन दिन लगाएका त होइनन् ? कतै एउटासँग लगानगाँठो बाँध्ने र अर्कोसँग लिभ इन रिलेसनसिपमा बस्ने चाँजो विदेशी शक्तिकेन्द्रले त मिलाई दिएको होइन ? देउवाको भूमिका अहिले हनुमानजीले सुवर्णमछासँग गरेको प्रेम जस्तो त होइन ? उद्देश्य ओलीको सुवर्ण लंकामा आगो लगाउने वा नेपालको अस्तित्व नै समाप्त पार्ने ।

नेपालको राजनीति नेपालीहरूबाट नभई विदेशी शक्तिकेन्द्रबाट सञ्चालित भएकोले यहाँ जे पनि हुन सक्ने सम्भावना छ । नेपाली भएको प्रमाणपत्र हुँदैमा नेपाली भइँदैन । यहाँ दुई देशको नागरिकता भएकाहरू राजनीतिदेखि कर्मचारीतन्त्र, सेना, प्रहरी जताततै छन् । दरवार हत्याकाण्डका बेलाका प्रधान सेनापति प्रज्ज्वलशमशेर राणा अमेरिकाको नागरिकता लिएर उतै बसे । उनी देशभक्त प्रधान सेनापति भएर आफ्नो कर्तव्य निर्वाह गरेका भए उनको मानसम्मान, इज्जत, प्रतिष्ठा नेपालमा जति हुने थियो त्यसको एक अंश पनि उनले अमेरिकामा पाएका छैनन् । सिआइए होस् वा रअले कसैलाई प्रयोग गर्छन् भने आफ्नो काम पूरा भएपछि दूधबाट झिँगा झिकेर फाले झैँ फालिदिन्छन् ।

सिक्किम विलय हुनुअगाडि इन्दिरा गान्धीले जुन लेण्डुपलाई दिल्लीमा रातो कार्पेट बिछ्याएर स्वागत सत्कार गरेकी थिइन् तिनै इन्दिरा गान्धीले सिक्किम विलयपछि लेण्डुपलाई कुकुरलाई जति पनि माया गरिनन् । दिल्लीमा उनलाई भेट्न जाँदा इन्दिरा गान्धीले उनलाई भेटसमेत दिएकी थिइनन् । जसले आफ्नो मातृभूमिलाई गद्दारी गर्नसक्छ उसले भोलि ऊसँग पनि गद्दारी गर्न सक्छ भन्ने कुरा सबैले बुझेका हुन्छन् ।

सन् १९६८ मा स्टालिनकी छोरी स्वेतलाना इल्युभा सोभियत संघबाट भागेर युरोप हुँदै अमेरिका पुगिन् । उनी त्यसअघि केजीबीको एजेन्ट थिइन् । उनले आफ्नो देशका गोप्य सूचनाहरू अमेरिकालाई बेचेको शंका सरकारले गरेको थाहा पाएपछि अमेरिकामा शरण लिन पुगेकी थिइन् । त्यहाँ उनले किताबहरू पनि लेखिन जसमा आफ्नै बुबाको आलोचनासमेत थियो । उनले अमेरिकामा अन्तर्वार्तामा पनि आफ्ना बुबाको र कम्युनिष्ट शासन व्यवस्थाको विरुद्ध बोलेकी थिइन् । त्यहाँ बस्दा उनले सिआइएको लागि पनि काम गरिन् । जब अमेरिकालाई उनको प्रयोगको औचित्य सकियो तब उनलाई वास्ता गर्न छाडिदियो । सोभियत संघ विघटनको डिलमा पुग्ने बेलामा फर्केर उनी सोभियत संघ आएकी थिइन् ।

सिक्किम विलय हुनुअगाडि इन्दिरा गान्धीले जुन लेण्डुपलाई दिल्लीमा रातो कार्पेट बिछ्याएर स्वागत सत्कार गरेकी थिइन् तिनै इन्दिरा गान्धीले सिक्किम विलयपछि लेण्डुपलाई कुकुरलाई जति पनि माया गरिनन् । दिल्लीमा उनलाई भेट्न जाँदा इन्दिरा गान्धीले उनलाई भेटसमेत दिएकी थिइनन् ।

के विदेशी शक्तिकेन्द्रका लागि आफ्नो स्वार्थ पूरा गर्ने नेपाली नागरिकता बोकेका राजनीतिका व्यापारीहरूले इतिहास पढेका छैनन् ? कि आफू र आफ्ना छोराछोरीको भविष्य सुनिश्चित भएपछि मुलुकलाई दाउमा लगाउन संकोच मान्दैनन् ? नेपाली कांग्रेस प्रतिपक्षमा नबसेको कारणको परिणाम देशले पछि भोग्नुपर्ने छ । नेपालका राजनीतिक दलका व्यापारीहरू कि त कर्ण जस्तो होऊन् जो दुर्योधनको मित्रता र गुण बिर्सन नसकेर जानी जानी पाप कर्मलाई साथ दिएको जसरी खुलुेरै विदेशी शक्तिकेन्द्रको आफूहरू कठपुतली भएकोले उनीहरूको स्वार्थपूर्ति गर्ने हाम्रो धर्म हो भनेर आउनु पर्‍यो ।

झुटो राष्ट्रियता र देशभक्तिको मकुण्डोलाई फालेर खुल्लमखुल्ला आफू जे हो त्यो सार्वजनिक गर्नुपर्छ । वा कौरवहरूको भाइ भएर पनि युयुत्सुले युद्धका बेला पापीहरूको साथ परित्याग गरी धर्मको साथ दिन पाण्डवसँग खुलेर लागे जस्तै लाग्नुपर्छ । यी मकुण्डोधारी नेताहरूको अनुहार जनताले चिनिसकेका छन् तर अधिकांश जनता गरिब तथा लोभीपापी भएकोले चुनावमा उनीहरूलाई नै जिताउँदै पठाइरहेका छन् । भोको पेटले न त राष्ट्रियता नै हेर्छ न त देशभक्ति नै । उसको लागि दुईचार दिनलाई भए पनि पेट भर्ने जोहो भए पुग्छ ।

यसैको फाइदा यी राजनीतिक व्यापारीले लिइरहेका छन् । यहाँ देशद्रोही गणतन्त्रवादीभन्दा पनि मकुण्डोधारी राजतन्त्रवादी धेरै डरलाग्दो भएर राजनीतिक तथा धार्मिक रंगमञ्चमा उत्रेका छन् । जनताले यिनीहरूलाई चिन्न सक्दैनन् । बाहिर हेर्दा देशभक्त, भित्रभित्रै देशद्रोही । यस्ता चरित्र जताततै छन्, निर्मल निवासभित्र पनि छन् । एउटा उर्दू शेरजस्तै नेपाली जनताको अवस्था छ :
ए अहले वतन एहसास हीं नही किस आग से तुझे गुजरना है
जो भी मदारी दिख जाए उसके हीं तो पीछे चलना है
अहले वतन, देशवासी, एहसास, अनुभूति, मदारी, चटके ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?