लुम्बिनी सभामुखमा माओवादीका घर्ती उपसभामुखमा राप्रपाकी खाँणको उम्मेदवारी दर्ता

कांग्रेस अझै अलमलमा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । लुम्बिनी प्रदेशको सभामुख नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीकी मेनुका खाँण केसी उम्मेदवारी दर्ता गराउनु भएकोे छ ।

सत्तारुढ दलबाट मुख्यमन्त्री एमालेबाट भएकाले सभामुख माओवादीलाई र उपसभामुख राप्रपालाई दिने सहमति अनुसार माओबादीले सभामुख र राप्रपाले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

माघ ३ गते हुने सभामुखका लागि माओवादी केन्द्रबाट पाल्पा २ को २ बाट प्रत्यक्ष निर्वाचित तुलाराम घर्तीलाई र उपसभामुखमा राप्रपाले गुल्मीबाट समानुपातिक सांसद बनेकी मेनुका खाण केसीलाई उम्मेदार बनाएको छ ।

८७ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनको समर्थनमा ५८ सांसदहरुको समर्थन रहेको छ ।नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४–४, जसपा, जनमत र लोसपाका ३–३ जना तथा दुई स्वतन्त्र सांसदहरुले सरकारलाई समर्थन गरेका छन् ।

प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, १ सांसद रहेको नेकपा एस र जनमोर्चा गरी २९ जना मात्रै विपक्षमा छन् । सत्ता पक्षसँग स्पष्ट बहुमत भएकाले घर्ती र खाँणले जित्ने पक्का पक्की छ । साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय भएपनि काँग्रेसले अहिलेसम्म उम्मेदारी दर्ता गरेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?