पासो चुँडिएर खन्युको फेदमा खसेको जस्तो भेटिएकी किशोरीको मृत्यु शंकास्पद

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । खोटाङमा शंकास्पद अवस्थामा किशोरी मृत भेटिएका छन् । विद्यालयबाट घर फर्कनेक्रममा वेपत्ता बनेकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीया किशोरी रञ्जिता दाहाल सोमबार बिहान घर नजिकै खन्युको फेदमा संकास्पद अवस्थामा मृत फेला परेकी हुन् ।

आइतबार दिउँसो विद्यालयबाट घर फर्कनेक्रममा सम्पर्क विहिन बनेकी किशोरीको शव खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताउनुभयो ।

महेन्द्रोद्धय माबि हलेसीमा कक्षा १० मा अध्ययनरत रञ्जिता ३ माघदेखि विद्यालयमा आयोजना हुने नगरस्तरिय भलिबल, फुटबल र नृत्य प्रतियोगीताको तयारीका लागि गाउँकै साथीसँग विद्यालय पुगेकी थिईन् । प्रतियोगीताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी थिईन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी किशोरी घरभन्दा करिब दुई सयमिटर टाढा मृत फेला परेकी हुन् ।

घटनास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताउनुभयो । ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको वडाध्यक्ष गिरीले बताउनुभयो ।

शवको परिक्षणपछि किशोरीलाई ‘हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफै झुण्डिएको’ विषय खुल्ने डिएसपी मुकारुङले बताउनु भयो ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?