चोभारकाे सडकबाट कार बागमती नदी किनारमा खस्यो

Read Time = 1 min

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा आज साँझ एक कार दुर्घटना भएको छ ।

चोभारबाट खोकनातर्फ जाँदै गरेको कार  बा५च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले उद्धारका लागि अहिले प्रहरी वृत्त कीर्तिपुर र विपद् व्यवस्थापन सामाखुसीबाट टोली खटिएको बताउनु भयो ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?