काठमाडौं । नेपालले खेल्ने आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआईको नयाँ शृंखला सार्वजनिक भएको छ । सिरिजमा अर्को महिना नेपाल, नामिबिया र स्कटल्याण्ड भिड्नेछन् । घरेलु मैदानमा नेपालले पहिलो खेल नामिबियासँग खेल्नेछ । नेपाल क्रिकेट संघले सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपालले पहिलो खेल फागुन २ गते नामिबियासँग खेल्नेछ । दोस्रो खेल फागुन ५ गते स्कटल्याण्डसँग खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्नेछ । यस्तै, सिरिजको अन्तिम खेल नेपालले फागुन ९ मा स्कटल्याण्डसँग खेल्नेछ ।
योसँगै नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक ओडिआई सिरिज सकिनेछ । त्यसपछि नेपालले घरेलु मैदानमा पपुवा न्युगिनी र युएईसँग आइसिसी विश्वकप लिग-२ मा त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ । त्यसपछि अवे मैदानमा नेपालले पपुवा न्युगिनीमा गएर त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ ।
शीर्ष पाँचभित्र रहन सके नेपालले ओडिआई मान्यता जोगाउन सक्छ । २४ खेल खेलेको नेपालले आठमा जितसहित १८ अंक जोडेको छ । नेपाल छैटौँ स्थानमा छ । नेपालले अब विश्वकप लिग-२ मा १२ खेल खेल्न बाँकी छ । ओडिआई मान्यता जोगाउन कम्तीमा १० खेल जित्नुपर्ने हुन्छ ।
स्कटल्याण्ड ३२ खेलमा २२ मा जित र आठमा हारसहित ४६ अंक जोड्दै च्याम्पियन बनिसकेको छ । ओमान ३६ खेलमा २१ खेलमा जितका साथ ४४ अंक जोड्दै दोस्रो स्थानमा छ । नामिबिया ३० खेलमा १८ मा जितसहित ३७ अंक जोड्दै तेस्रो स्थानमा छ ।
पपुवा न्युगिनी २८ खेलमा दुईमा जितसहित पुछारमा छ । अमेरिका ३६ खेलमा १६ मा जितसहित ३५ अंक जोड्दै पाँचौँ स्थानमा छ । युएई २६ खेलमा १२ मा जितसहित २७ अंक जोड्दै पाँचौँ स्थानमा छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका