काव्यगोष्ठी तथा पुरस्कार वितरण

हिमालय टाइम्स
Read Time = 2 mins

पुरुषोत्तम घिमिरे/हिटा
काठमाडौं । अभिनव सहित्य समाजको आयोजनामा काव्यगोष्ठी तथा पुरस्कार वितरण गरिएको छ । प्रतियोगितात्मक साहित्यिक जागरण अभिवृद्धि कार्यक्रममा सहभागी भई आत्मकथा तथा स्मरण लेख्ने स्रष्टा मध्य उत्कृट भएकालाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रमा प्रथम हुने रज्जना पोखेर, द्वितीय गीता बराल, तृतीय सिर्जना पौडेल, त्यसैगरी सन्त्वनामा ईश्वरी खकुरेल त्रिपाठी र सर्वानन्दा सरस्वती हुनुहुन्थ्यो । प्रथम, द्वितीय तृतीय र सान्त्वना पुरस्कार पाउनेलाई गोकर्णाश्वर नगर पालिकाको उपप्रमुख सान्ननी लामाले क्रमशः सात, पाँच, चार र दुई हजार प्रदान गर्नुभएको थियो ।

यसैगरी अभिनव साहित्य समाजकोे २५१औं शृंखलाअन्तर्गत हेमन्त काव्य गोष्ठी सम्पन्न भएको छ । दुवै कार्यक्रमको सभापतित्व समाजका उपाध्यक्ष विमल अर्यालले गर्नुभएको थियो भने समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिले बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?