बढेर आयो पेट्रोलको मूल्य

Read Time = 1 min

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ आइतबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर दुई रुपैयाँ ५१ पैसा बढेर आएको छ भने डिजेल प्रतिलिटर तीन रुपैयाँ ७० पैसा घटेर आएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ र डिजेल एक रुपैयाँ १७२ रुपैयाँ रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य गत साता आठ प्रतिशतले बढेकोमा सोमबार भने सामान्य गिरावट आएको छ । पछिल्लोपटक कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ७५ डलरमा झरेको भए पनि पुनः बढ्न थालेको हो । युक्रेन-युद्ध सुरु भएपछि गत वर्ष मार्चमा प्रतिब्यारेल एक सय ३९ डलर पुगेको थियो, जुन सन् २००८ यताकै उच्च थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?