भैरहवामा नेक्सन इभी रेन्ज टेस्ट सम्पन्न

Read Time = 3 mins

काठमाडौं । वातावरण संरक्षण तथा देशको दिगो आर्थिक विकासका लागि विद्युतीय गाडीमा प्रोत्साहन एवं प्रवद्र्धन गर्ने लक्ष्यसहित नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सह–आयोजनामा ‘नेक्सन इभी रेन्ज टेस्ट २०२३’ प्रदर्शनात्मक कार्यक्रम बुटवल–भैरहवामा सफलतापूर्वक सम्पन्न भएको छ । बुटवल–भैरहवा सडकमा तीन सय ९७ किलोमिटरसम्म रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौंका सलिम श्रेष्ठको तीन सय ४७ किलोमिटर रेन्ज उछिन्दै ७६ को उत्कृष्ट वाट आवर निकाल्न सफल भई प्रथम हुनुभएको आयोजकले जनाएको छ । तीन सय ८७ किलोमिटर रेन्ज निकालेर गोपाल शर्मा दोस्रो र तीन सय ७८ किलोमिटर रेन्ज निकालेर सुवोध भट्टराई तेस्रो भएको बताइएको छ । कार्यक्रममा सहभागीमध्ये २२ जना तीन सय किलोमिटरभन्दा बढी रेन्ज निकाल्न सफल भएको आयोजकले जनाएको छ ।

कार्यक्रममार्फत् उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम् रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीलाई श्रेष्ठताका आधारमा वर्गीकरण गरी कम्पनीतर्फबाट विभिन्न आकर्षक पुरस्कार एवं प्रशंसापत्र प्रदान गरिएको थियो । प्रथम स्थान प्राप्त गर्न सफल सुवास खड्काले पदक र प्रमाण पत्रका साथ सामसुङ स्मार्ट एलइडी टिभी जित्नुभएको छ भने दोस्रो गोपाल शर्माले सामसुङ ओभन र तेस्रो सुबोध भट्टराईले एयर फ्रायर जितेको कम्पनीले जनाएको छ । विद्युतीय गाडीको उपयोगिता, प्रभावकारिता एवं आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावबारे जनचेतना फैलाउने र विद्युतीय गाडीप्रति ग्राहकको आशंका हटाई सुविधाबारेमा विश्वस्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीका प्यासेन्जर भेहिकल प्रमुख शावन्तजंग सिजापतीले जानकारी दिनुभएको छ । यही शनिबार सिप्रदी ट्रेडिङ पथरडाँडाबाट सुरु भएको माइलेज टेष्ट भैरहवास्थित बुद्धचोक, देवकोटाचोक, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै बुटवल बजार परिक्रमा गरी सिद्धार्थ कटेजमा पुगेर समापन भएको र कार्यक्रममा ४० भन्दा बढी नेक्सन इभीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?