नेपाल लाइफको डिजिटल धमाका

Read Time = 2 mins

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले डिजिटल धमाका अभियान सञ्चालनमा ल्याएको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमबीच उक्त अभियानको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले गर्नुभएको हो । सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकासक्रमसँग ग्राहक तथा अभिकर्तालाई साक्षात्कार गराउने अभिप्रायसाथ अभियान सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

अभियानअन्तर्गत माघ महिनाभर बीमा शुल्क नवीकरण अनलाइन माध्यमबाट भुक्तानी गर्ने ग्राहकलाई विभिन्न उपहार व्यवस्था गरिएको छ । भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नवीकरण शुल्क भुक्तानी गर्नेमध्येबाट हरेक हप्ता एकजना भाग्यशालीले इयरबड्स पाउनेछन् । त्यस्तै, पहिलोपटक खल्ती प्रयोग गरी बीमा शुल्कको नवीकरण गर्नेले सय रुपैयाँ क्यासब्याक पाउनेछन् । कम्पनीले बीमाशुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायक इसेवा, खल्ती, फोनपे, कनेक्ट आइपिएस, आइएमइपे र प्रभुपेसँग सम्झौता गरेको छ । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले घरबाटै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुका साथै कारोबारसमेत सुरक्षित हुने विश्वास व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?