यस्तो छ तपाईंको माघ ३ गते मंगलबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ माघ ३ गते मंगलबार, ई.सं १७ जनवरी, २०२२ । तिथि- माघ कृष्णपक्ष दशमी, १२ः५३ बजे उप्रान्त एकादशी, नक्षत्र– विशाखा, १४ः२२ बजे उप्रान्त अनुराधा, योग- गण्ड, करण- भद्रा, चन्द्रराशि- तुला, सूर्योदयः ६ः५८, सूर्यास्तः १७ः३० ।

मेष : कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् ।

वृष : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

मिथुन : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

कर्कट : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

सिंह : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ

कन्या : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।

तुला : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।

वृश्चिक : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

धनु : भाइबहिनी वा सन्ततिका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ ।

मकर : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।

कुम्भ : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

मीन : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?