आजदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गरिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मतदाता नामावलीको अनलाइन दर्ता आजदेखि सुरु हुँदै छ । सोमबारदेखि सुरु हुने भनिएको अनलाइन दर्ता राष्ट्रिय शोक बिदा परेकाले आजबाट सुरु हुने भएको हो ।

मंगलबारदेखि ७७ वटै जिल्लामा अनलाइन दर्ता सुरु हुने निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार प्रारम्भिक दर्तासँगै नामावली स्थानान्तरण, मतदाता नामावली अद्यावधिक गर्ने कार्यसमेत सँगै सुरु हुने छ ।

यसअघि बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआईआर) मार्फत नामावली दर्ता हुँदै आएकोमा प्रणालीलाई स्तरोन्नति गरेर मोबाइलबाटै आफ्नो विवरण राख्न मिल्नेगरी प्रारम्भिक दर्ता सुरु हुन लागेको हो ।

प्रारम्भिक दर्ता भएपछि आयोगले पालो आउने दिनसहितको विवरण मोबाइलमा पठाउनेछ । त्यसपछि नामावली दर्ता गराउने व्यक्तिले बायोमेट्रिकका लागि सम्बन्धित निर्वाचन कार्यालयमा पुग्नुपर्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?