झापाकै घिमिरेलाई सभामुखमा अघि सार्दै ओली

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संघीय संसद् सचिवालयले बिहीबार नयाँ सभामुखका लागि निर्वाचन गर्ने भएको छ । त्यसका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ । सत्तागठबन्धनमा सभामुख एमालेले पाउने सहमति भइसकेको छ । त्यसैले एमालेबाट को सभामुखको उम्मेदवार होला भन्ने चासो बढेको छ ।

एमालेबाट सभामुखका लागि अहिलेसम्म तीनजना मुख्य दाबेदार देखिएका छन् । जसमा झापाका देवराज घिमिरे, रुपन्देहीका छविलाल विश्वकर्मा र लमजुङका पृथ्वी सुब्बा गुरुङ हुनुहुन्छ । गुरुङ पार्टी उपमहासचिवसमेत हुनुहुन्छ । विश्वकर्मा सचिव हुनुहुन्छ । तर, एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधि सभाको सभामुखमा घिमिरेलाई उम्मेदवार बनाउने भएको स्रोतले बतायो । झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका घिमिरेलाई ओलीको विश्वासपात्र मानिन्छ ।

एमाले प्रदेश-१ इञ्चार्जसमेत रहेका घिमिरे पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे । उनी २०५६ सालमै राष्ट्रियसभा सदस्य बनेका थिए। एमालेमा सुरुदेखि नै गुरुङलाई सभामुख बनाउन दबाब पर्दै गए पनि पछिल्लो समय उनी दौडमा पछि परेका छन् ।

नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने बताए पनि कसलाई उठाउने भन्ने निर्णय गरेको छैन । सत्ता गठबन्धनमा निर्वाचित गर्नसक्ने मत भएकाले पनि कांग्रेसले आफ्नो उम्मेदवारको नाम बुधबार मात्र तय गर्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?