स्थानीय सरकारको सक्रियतामा भिडियो एक्स्रे सेवा सुरु

Read Time = 3 mins

-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । जानकी गाउँपालिकामा भिडियो एक्स्रे सेवा सुरु भएको छ । वडा नम्बर २ स्थित बेलभार स्वास्थ्य चौकीमा उक्त सेवा सुरु भएको हो । सेवा सुरु भएसँगै अब गाउँपालिकामा गर्भवती महिलाहरुको लागि भिडियो एक्सरे सेवा प्रदान गरिने भएको छ ।

गाउँपालिका अध्यक्ष छब्बन खाँलले अब यहाँका गर्भवती महिलाहरुले आफ्नै गाउँठाउँमा भिडियो एक्सरे गर्न पाउने भएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको सक्रियतामा भिडियो एक्सरे सेवाको शुभारम्भ गरिएको हो ।

उहाँले भिडियो एक्सरेका लागि गर्भवती महिलाहरुको नेपालगञ्ज जानुपर्ने बाध्यता अब हटेको बताउनुभयो । उहाँले भन्नुभयो,गाउँघरमै भिडियो एक्सरे सेवा सुरु हुँदा यहाँका गर्भवती महिलाहरुलाई सजिलो हुने भएको छ । यसबाट गाउँपालिकाका नागरकले प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । यो सेवाले स्थानीय सरकार आएको अनुभूति अब स्थानीयले गर्नेछन् ।’

वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले जनताको माग र आवश्यकता अनुसार भिडियो एक्सरे सेवा शुभारम्भ गरिएको बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले गर्भवती महिलाहरुको सहज सेवाका लागि भिडियो एक्सरे सेवा सुरु गरिएको जानकारी दिनुभएको छ । मातृ मृत्युदर बढिरहेको अवस्थामा स्थानीयहरुको आनीबानी र आर्थिक अवस्थाले नेपालगन्जमा नजाने स्थिति रहँदै आएकोमा अब सबै गर्भवती महिलाले सहजरुपमा सेवा लिएर लाभान्वित हुने गाउँपालिकाको विस्वास रहेको छ । प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत तालिम केन्द्रबाट उपलब्ध ९ लाख मूल्य बराबरको भिडियो एक्सरे जडान गरिएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?