जनकपुर । मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल चयन हुनु भएको छ ।
मंगलबार बसेको प्रदेशसभाको बैठकमा भएको मत बिभाजनवाट सभामुखमा मण्डल चएन हुनु भएको हो ।
सो मत विभाजनमा मण्डलको पक्षमा ७४ मत परेको थियो भने उहाँको विपक्षमा २९ मत परेको छ । आज बसेको प्रदेश सभा बैठकमा १ सय ३ सांसद उपस्थित थिए ।
मत बिभाजन सम्पन्न भए पछि जेष्ठ सदस्यका नाताले सभाका अध्यक्षता गर्नुभएको सदस्य गोबिन्दबहादुर न्यौपानेले मण्डललाई बिजयी भएको घोषणा गर्नुभएको थियो ।
मण्डललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी र ४ स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका थिए ।
मण्डलको बिरुद्धमा नेपाली कांग्रेसका जंगीलाल राय उम्मेदवार हुनुहुन्थ्यो । उहाँ पराजित बन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच