सर्वदलीय बैठक : एमाले अध्यक्ष ओली बैठकबाट बाहिरिए, अरु छलफलमै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकबाट बाहिरिनु भएको छ।

प्रधानमन्त्री निवास बालवाटारमा जारी बैठकबाट ओली केहीबेरअघि बाहिरिनुभएको हो । ओली बाहिरिएपनि अन्य नेताहरुबीच भने छलफल जारी रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरुसँग छलफलको लागि सर्वदलीय बैठक बोलाउनु भएको थियो ।

बैठकमा कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरु सहभागी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?