रोनाल्डो र मेस्सी आमनेसामने हुँदै

Read Time = 2 mins

रियाद । विश्व फुटबलका दुई महान् हस्ती क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी एकपटक पुनः आमनेसामने हुने भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र साउदी क्लब अल नसरले मैत्रीपूर्ण खेल खेल्ने भएसँगै दुवै खेलाडी आमनेसामने हुने भएका हुन् ।

साउदी अरेबियन क्लब नसरले बिहीबार फ्रेन्च क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । उक्त खेलमा नसरको कप्तानी रोनाल्डोले गर्नुहुनेछ । केही समयअघिमात्रै म्यानचेस्टर युनाइटेड छाडेर अल नसरमा आबद्ध हुनुभएका रोनाल्डोले यसै खेलमार्फत् क्लबमा डेब्युसमेत गर्नुहुनेछ ।

अल नसर र पिएसजीविरुद्धको खेल रियादस्थित किङ फाहद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ । लियोनल मेस्सी विश्वविजेता भएपछि पिएसजीको टोलीमा आबद्ध भइसक्नुभएको छ । रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिड छोडेपछि दुई वर्षअघिबाट यी दुई खेलाडीहरूलाई विरलै आमनेसामने देख्न पाइएको छ । त्यसअघि भने रोनाल्डो मड्रिड र मेस्सी बार्सिलोनाबाट खेल्दा यी खेलाडीहरू आमनेसामने भइरहन्थे । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?