पूर्णचन्द्र र राजुको जोडी सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनामा भइरहेको तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपमा कीर्तिपुरका पूर्णचन्द्र जोशी र राजु महर्जनको जोडी सेमिफाइनल प्रवेश गरेका छन् ।

उक्त जोडीले बुटवलका नारायण प्रसाद घिमिरे र विष्णु श्रेष्ठको जोडीलाई १६-२१, २१-१६, २१-११ ले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । यस्तै, एनवाइसीका पूर्ण बुढाथोकी र कुमार राईको जोडीले ग्यालेक्सीका राजु भुजु र रमेश डंगोलको जोडीलाई २१-१८, १७-२१, २१-१८ ले, ललितपुरका सुरेश बस्नेत र इमाडोल ब्याडमिन्टनका दिलबहादुर कदंगवाको जोडीले एनवाइसीका कुलप्रसाद लिम्बू र मेघराज लिम्बूको जोडीलाई २१-५, २१-८ ले पराजित गर्‍यो ।

यस्तै, एपिएफका बलबहादुर लामिछाने र प्रेमकुमार श्रेष्ठको जोडीले कास्कीका रमेश भट्टचन र कमल थापाको जोडीलाई २१–१८, २१–१० ले पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएको हो ।

पुरुष डबल्स ३५ वर्षमाथिको स्पर्धामा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले विजयी सुरुवात गरेको छ । उक्त जोडीले पिबिसीका सुनिल बाराही र ब्याडमिन्टन रिमिक्स क्लबका राजेन्द्र महर्जनको जोडीलाई २१-१०, २१-१९ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो ।

यस्तै, नुवाकोटका चन्दन घले र सामाखुसीका टिका थापा मगरको जोडीले वाइबिसीका रविन्द्र श्रेष्ठ र सुरोज श्रेष्ठको जोडीलाई २१-१५, १६-२१, २१–१६ ले पराजित गर्‍यो । यस्तै, अन्तिम १६ प्रवेश गर्नेक्रममा मानभवन ब्याडमिन्टन क्लबका आकाश छन्त्याल र न्यु बिएसका नारायण गौतमले तेजेन्द्र गुरुङ र सुभाष उलकबाट वाकओभर, मध्यपुर ब्याडमिन्टन क्लबका दीपक खत्री र केशव कार्कीको जोडीले एमएससीका सूर्य बल र छत्र लामिछानेको जोडीलाई २१-१०, २१-११ ले, चितवनका विद्वान् गुरुङ र किरण लामाको जोडीले इमाडोल ब्याडमिन्टन एण्ड स्पोर्ट्स क्लबका हरि दर्नाल र पद्दुपती श्रेष्ठको जोडीलाई २१-९, २१-५ ले पराजित गरे ।

ब्याडमिन्टन रिमिक्स क्लबका शान्त डंगोल र दिपेश शाक्यको जोडीले एनवाइसीका जय राई र राकेश राईको जोडीलाई २१-१२, २१-१५ ले, दथुलका राजु बज्राचार्य र नखिपोटका राम राईको जोडीले चन्द्रागिरि ब्याडमिन्टन क्लबका धर्म घिमिरे र विपिन शाहको जोडीलाई २१-१४, २१-१४ ले, ब्याडमिन्टन रिमिक्स क्लबका दिपन महर्जन र भुवन श्रेष्ठको जोडीले बुद्धनगर ब्याडमिन्टन क्लबका एसआए दर्लामी र कुमार राईको जोडीलाई २१-१४, २१-६ ले, मानभवन ब्याडमिन्टन क्लबका उपेन्द्र गिरी र विभोर लामाको जोडीले दशरद बुढा र प्रदीप राईको जोडीलाई १६-२१, २१-१८, २१-१९ ले पराजित गर्‍यो ।

एपिएफका धिरेन चन्द र इन्द्र महताको जोडीले स्वस्तिक स्पोर्ट्स क्लबका छत्र नायक र बिक्रम निरौलाको जोडीलाई २१-१७, २१-१७ ले, मध्यपुर ब्याडमिन्टन क्लबका नवराज भण्डारी र शालिक गौतमको जोडीले एनवाइसीका मुकेश राई र कुल श्रेष्ठको जोडीलाई २१-१८, २१-१४ ले, चितवनका राज कुमार गुरुङ र टोखाका दामोदर श्रेष्ठको जोडीले विकास राई र दिनेश राईको जोडीलाई २१-७, १८-२१, २१-१७ ले पराजित गर्‍यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?