धनगढीमा दीपेन्द्र स्वाँर स्मृति डिसिए कप क्रिकेट हुने

हिमालय टाइम्स
Read Time = 3 mins

धनगढी । धनगढी क्रिकेट एकेडेमी(डिसिए)को आयोजनामा दीपेन्द्र स्वाँर स्मृति स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा यही माघ ५ गतेबाट उक्त प्रतियोगिता हुनेछ । प्रतियोगितामा २० वटा स्कुलको सहभागिता रहेको छ ।
माघ १६ गतेसम्म चल्ने प्रतियोगिता टी-२० फम्र्याटमा हुनेछ । फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछन् ।

यस्तै, प्लेयर अफ द टुर्नामेन्टले पाँच हजार नगदसहित डिसिएमा चार महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने डिसिएका व्यवस्थापक समुयल न्यौपानेले बताउनुभयो ।

त्यसबाहेक बेस्ट बलर र बेस्ट ब्याटरले तीन/तीन हजार नगद र तीन महिनाको छात्रवृत्ति पाउनेछन् । डिसिएका पूर्व खेलाडीसमेत रहनुभएका दीपेन्द्र स्वाँरको सडक दुर्घटनामा निधन भएको थियो । आफ्नो छोराको स्मृतिमा परिवारले हरेक वर्ष उहाँको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।

‘मेरो छोराको पनि खेलप्रति ठूलो रुचि थियो । खेलले अनुशासनमा बस्न र स्वस्थ नागरिक उत्पादनमा सहयोग पु¥याउँछ,’ दीपेन्द्रकी आमा वासु बम स्वाँरले भन्नुभयो ।

एकेडेमीका व्यवस्थापक न्यौपानेले स्कुल लेबलदेखि नै ग्रासरुट क्रिकेटको विकासमा योगदान पुगोस् भन्ने हेतुले स्कुलस्तरीय प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । ‘स्कुलमै थुप्रै क्रिकेटप्रति रुचि भएका प्रतिभावान् खेलाडीहरू हुनुहुन्छ,’ न्यौपानेले भन्नुभयो, ‘उहाँहरूलाई उचित प्लेटफर्म दिन र उहाँहरूको प्रतिभा चिनेर त्यसलाई तिखार्ने प्रतियोगिताको उद्देश्य हो ।’

डिसिएको स्कुलस्तरीय प्रतियोगिताबाट पहिचान भएका नारायण जोशी, वसन्त कार्कीलगायत खेलाडीहरूले हाल राष्ट्रिय प्रतियोगिता खेलिरहनुभएको छ । प्रतियोगितालाई एसपिए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ड सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्वायरलगायतले प्रायोजन गरी सहयोग गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?