मेक्सिकोमा सार्वजनिक स्थानमा धुम्रपानमाथि पूर्ण प्रतिबन्ध

Read Time = 2 mins

एजेन्सी/मेक्सिकोले सार्वजनिक स्थानमा धुम्रपानमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । यससँगै मेक्सिको सुर्तीजन्य पदार्थविरुद्धको कठोर कानुन लागू हुने देश बन्न पुगेको छ । सन् २०२१ मा पहिलो पटक स्वीकृत भएको यो कानुनमा सुर्तीजन्य पदार्थको विज्ञापनमाथि प्रतिबन्ध पनि समावेश छ । अन्य धेरै ल्याटिन अमेरिकी देशहरूले सार्वजनिक स्थानमा धुम्रपान गर्नेमाथि कडाई गर्ने नीति लिएका छन् ।

मेक्सिकोको कानुनलाई उत्तरी अमेरिकामा सबैभन्दा बलियो र व्यापक मानिन्छ । यो संसारमा सबैभन्दा कडा धुम्रपानविरुद्धको कानुनमध्ये एक हो । मेक्सिकोको २००८ को विद्यमान कानुनले बार, रेष्टुरेन्ट र कार्यस्थललाई धुम्रपान-मुक्त स्थान घोषणा गरेको थियो । अब सबै सार्वजनिक स्थानहरूमा पनि यो प्रतिबन्ध विस्तार गरिएको छ । पार्क, बीच, होटल, कार्यलय र रेस्टुरेन्टहरूमा पनि यस्तो प्रतिबन्ध लाग्नेछ ।

सुर्तीजन्य पदार्थको विज्ञापन, प्रबद्र्धन र प्रायोजनमा पनि पूर्ण प्रतिबन्ध लगाइने छ । अर्थात् पसलभित्र पनि चुरोट देखाउन पाइने छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?