‘संवेदनाका स्वरहरू’को परिचर्चा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चार निबन्धकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, भीष्म उप्रेती, युवराज नयाँघरे र ज्ञानेन्द्र विवशद्वारा लिखित ‘संवेदनाका स्वरहरू’ निबन्धसंग्रहको प्रकाशनको २५ वर्ष (रजत महोत्सव)को अवसरमा समीक्षात्मक कार्यक्रम गरिएको छ । शंकर लामिछाने प्रतिष्ठानले थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा निबन्धसंग्रहको समीक्षात्मक कार्यक्रम गरिएको हो ।

सो अवसरमा यो निबन्धसंग्रहका भूमिका लेखक प्राडा. शैलेन्दुप्रकाश नेपाल र सो कृतिका आवरण कलाका कलाकार के. के. कर्माचार्यलगायत समीक्षकद्वय डा.ज्ञानु पाण्डे र महेश पौडेलले निबन्ध लेखनका उतारचढावका विविधपक्षमा चर्चा गर्नुभएको थियो ।
‘संवेदनाका स्वरहरू’का चार निबन्धकारले आ–आफ्नो संक्षिप्त मन्तव्यका क्रममा बितेको २५ वर्षदेखि निबन्ध र नियात्रा लेखनमा कृति प्रकाशनका साथै उक्त विधालाई निरन्तरता दिँदै आएको बताउनुभएको थियो ।

शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई लेखकहरूका तर्फबाट आभारपत्रसहित अभिनन्दन गरिएको थियो । कार्यक्रमको सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?