काठमाडौं । सभामुखको उम्मेदवारीबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।
बुधबार (आज) बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक बस्न लागेको हो । कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्नेबारे निर्णय गरेको छैन ।
आज बस्ने बैठकले यसबारे निर्णय गर्नेछ । मंगलबार बसेको सर्वदलीय बैठकमा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई राष्ट्रपति र सभामुखमा सहमति गरेर जान प्रस्ताव राख्नुभएको थियो ।
प्रधानमन्त्रीको प्रस्तावको जवाफमा बैठकमा उपस्थित कांग्रेसका नेताहरूले यसबारे छलफल गर्न आफूहरू तयार रहेको बताएका थिए । माघ ५ गते बिहीबार सभामुखको निर्वाचन हुँदैछ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर