चिसोले कठ्यांग्रिएर सप्तरीमा तीन जनाको मृत्यु

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चिसोले कठ्यांग्रिएर सप्तरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, अग्निसाइर कृष्णासवन गाउँपालिका र विष्णुपुर गाउँपालिकाका एक/एक जना गरी तीन जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो ।

चिसोले कठ्यांग्रिएर पछिल्लोपटक विष्णुपुर गाउँपालिका-२ जमुनी टोलका ४७ बर्षीय प्रेम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी अग्निसाइर कृष्णासवरन गाउँपालिका-४ का ६५ वर्षीय कप्लेश्वर सदाको पुस २५ गते चिसोले कठ्यांग्रिएर मृत्यु भएको थियो ।

यसअघि शीतलहर बढेसँगै चिसोले गत पुस २१ गते राती तिलाठी कोइलाडी गाउँपालिका-४ का ४५ वर्षीय देवु सदाको मृत्यु भएको थियो ।

चिसोले कठ्यांग्रिएर तीन जनाको ज्यान गएपनि प्रहरीले १ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?