हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

सुनसरी । हात्तीको आक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–५ सिमरवनस्थित जनजागृति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा एक वृद्धको मृत्यु भएको छ।

वडा नम्बर ५ का स्थानीय ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

जंगलमा घाँस काट्न जानुभएकी माझीलाई मंगलबार(हिजो) बिहान ११ बजे हात्तीले आक्रमण गरी मारेको वडाध्यक्ष रोहित काफ्लेले जानकारी दिनुभयो ।

एक महिनादेखि धरान र बराहक्षेत्र नगरबीचको चारकोसे जंगलमा ठूलो समूहमा हात्ती आएर बस्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?