यती विमान दुर्घटना : शव आफन्तलाई बुझाइँदै, १ जनाको खोजी जारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएकामध्ये ४८ जनाको शव मंगलबार काठमाडौं ल्याइएको छ । अरू शव पहिचान गरी पोखराबाटै आफन्तलाई बुझाइँदैछ ।

काठमाडौं ल्याइएका शव प्रकृया पुर्याएर आज बुझाइने बताइएको छ ।

काठमाडौंबाट  पोखराका लागि उडेको विमान धावनमार्गनजिकै सेती नदीको खोँचमा खसेको थियो।

माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हिजो बेलुकासम्म ७१ जनाको शव फेला परेको छ । हिजो थप एक जनाको शव भेटिएको थियो ।

दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार सात जना र मंगलबार एक जनाको गरी ७१ जनाको शव फेला परेको छ । अब एक जनाको मात्र अवस्था थाहा हुन सकेको छैन ।

बेपत्ता एक जनाको खोजी कार्य निरन्तर रहेको नेपाली सेनाले जनाएको छ ।

६८ जना यात्रु र ४ जना चालकदलका सदस्यसहित ७२ जना सवार यती एअरलाइन्सको नाइन एन–एएनसी–एटिआर विमान आइतबार पोखरामा दुर्घटना भएको थियो । १५ जना विदेशी यात्रु सवार थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?