यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५२ पैसा र बिक्रीदर १३१ रुपैयाँ १२ पैसा तोकिएको छ । मंगलबार यसको खरिददर १३० रुपैयाँ २९ पैसा र बिक्रीदर १३० रुपैयाँ ८९ पैसा तोकिएको थियो ।

आज रोपियन युरो खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रीमा १४१ रुपैयाँ ८२ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिद १४१ रुपैयाँ ३ पैसा र बिक्री १४१ रुपैयाँ ६८ पैसामा भएको थियो ।

अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ८ पैसामा कारोबार भइरहेको छ । साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

कतारी रियालको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९६ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ १७ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ३१ पैसा रहेको छ ।

दक्षिण कोरियन यन १०० को खरिदमा १० रुपैयाँ ५४ पैसा र बिक्रीमा १० रुपैयाँ ५९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६९ पैसा र बिक्रीमा १६ रुपैयाँ ७७ पैसा, कुवेती दिनार एकको खरिददर ४२७ रुपैयाँ ३९ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ३५ पैसा र बहराइन दिनार एकको खरिदमा ३४६ रुपैयाँ २८ पैसा र बिक्रीमा ३४७ रुपैयाँ ८७ पैसा नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?