विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएकाे छ । शर्माले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिन पत्र दर्ता गर्नुभएकाे छ ।

प्रदेश सभा सचिवालय स्रोतका अनुसार मंगलबार साँझ ५ बजे विश्वासको मत लिने प्रयोजनका लागि उहाँले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराउनु भएकाे हाे ।

‘विश्वासको मत लिन भनेर मुख्यमन्त्री शर्माज्यूले हिजो मंगलबार साँझ ५ बजे पत्र दर्ता गराउनु भएको छ,’ प्रदेश सभा सचिव जीवराज बुढाथोकीले भन्नुभयाे, ‘विश्वासको मत लिने पत्र दर्ता भएको समयदेखि ४८ घन्टापछि मात्रै उक्त प्रक्रिया सुरु हुन्छ । त्यसका लागि भोलि साँझ ५ बजे ४८ घन्टा पुग्छ । सरकारले चाहेको खण्डमा हामी भोलि साँझ पनि विश्वासको मत प्रयोजनका लागि सदन सुचारु गर्न सक्छौं । उहाँहरुले जहिले भन्नु हुन्छ हामी सदन सञ्चालन गर्न तयार छौं ।’

प्रदेश सरकारका मुख्यमन्त्री शर्माले विश्वासको मत कहिले लिने भन्ने बारेमा दलहरुबीच छलफल गर्ने बताउनुभयाे । ‘भोलि नै विश्वासको मत लिने वा पर्सि लिने यो विषयमा छलफल गर्छौं,’ मुख्यमन्त्री शर्माले भन्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?