कर्णालीको उपसभामुखका लागि उम्मेदवारी दर्ता

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । कर्णाली प्रदेश सभाका उपसभामुखका पदमा लागि नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनले आ-आफ्ना उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा सचिवालयमा कांग्रेसबाट इन्द्राकुमारी शाहीले उपसभामुखमा उम्मेदवारी दर्ता गराउनु भएकाे हाे ।

सत्तारुढ दलबाट माओवादी केन्द्रका यशोदा न्यौपानेले पनि उम्मेदवारी दर्ता गराउनुभएकाे छ । उपसभामुखको निर्वाचन बुधबार दिउँसो १ बजेका लागि तोकिएको छ । गठबन्धनको भागबन्डामा उपसभामुख माओवादी केन्द्रको भागमा परेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?