धादिङको धुवाँकोटमा माघ ८ गते सांस्कृतिक कार्यक्रम

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका -१४ धुवाँकोटको जनआवाज खेल मैदानमा माघ ८ गते मञ्जुश्री सम्वत् २८५९ औँ ह्योइ तावर ल्हो बिरालो वर्ग सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

लामा रिन्जेन छ्यो डुब्लिङ गुम्बा समिती र जनआवाज युवा क्लवको संयुक्त आयोजनामा सांस्कृतिक कार्यक्रम हुन लागिएको हो । कार्यक्रममा चर्चित म्हेन्दोमाया गायिका मिना लामा, सीता लामा, म्हेन्दोमाया क्षेत्रका चर्चित गायक राम गोम्जा, चर्चित मोडल निया तामाङ र देव दोर्जे तामाङको प्रस्तुति रहने आयोजक सस्थाले जानकारी दिएको छ ।

कार्यक्रममा स्थानीय लामा तथा झाँक्री नाचहरु घोडा नाँच, चेमा नाँच, लाली नाँच प्रर्दशनी हुनेछ । पर्यटन प्रबर्द्धनको उजागर गर्ने उदेश्य हरेको बर्ष झै यस वर्ष पनि कार्यक्रमको आयोजना गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?